संघीय शिक्षा ऐन नबन्दा शिक्षा क्षेत्रमा अन्योल भयो : मुख्यमन्त्री कार्की
आइतबार, १४ पुस २०८१, १६ : १३
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालसम्म पनि संघीय शिक्षा ऐन पारित हुन नसक्नुले शिक्षा क्षेत्रमा अन्योलता बढेको बताएका छन् । संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय संरचनामा शिक्षा व्यवस्थापनका विषयमा कोशी प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग आइतबार भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
हाल देशमा सामुदायिक विद्यालयहरूले प्रदान गर्ने शिक्षाको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको सुधारका लागि सम्बद्ध सबै पक्षको पर्याप्त ध्यान जानुपर्ने बताए । हिमाल र पहाडमा आवासीय विद्यालयको स्थापना साथै तराईमा आवश्यकता अनुसार विद्यालय मर्जर गरेर जानुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण