मुलपानी घटना : व्यक्तिगत दुस्मनीले दम्पतीमाथि गोली प्रहार, बिहारबाट पेस्तोल खरिद
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर एकजना युवकले श्रेष्ठ दम्पतीमाथि गोली प्रहार गरे । पुस १३ मा राति घरमा प्रवेश गरेर ३७ वर्षीय साहिर शंकरले अर्जुन श्रेष्ठ र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय शंकरले श्रेष्ठ दम्पतीलाई दुई राउन्ड गोली प्रहार गरे । श्रेष्ठ परिवार र छिमेकीले प्रतिकार गर्दा शंकर पनि घाइते भएका छन् । अर्जुनको कम्मर भन्दा तल्लो भागमा र शान्तिदेवीको गाला र घाँटीमा गोली लागेको छ । अहिले तीनैजनाको उपचार हुँदै छ ।
व्यक्तिगत दुस्मनीका कारण शंकरले श्रेष्ठ दम्पतीलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘व्यक्तिगत दुस्मनीका कारण गोली प्रहार गरेको देखिन्छ, आरोपीको पनि उपचार भइरहेको हुनाले बयान लिन पाएका छैनौँ ।’
दम्पतीमाथि गोली प्रहार गर्न शंकरले भारतको बिहारबाट ६० हजारमा पेस्तोल खरिद गरेको प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘बिहारबाट पेस्तोल किनेर ल्याएको हुँ ।’
त्यसबाहेक आरोपीले थप कुरा बताएका छैनन् । गोली प्रहारमा प्रयोग गरिएको १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।
मुलपानीस्थित रिद्धिसिद्धि बसपार्क नजिकै घर भएका अर्जुन श्रेष्ठ भूपू सैनिक हुन् । अर्जुनको ट्रमा सेन्टर र पत्नी शान्तिदेवीको सैनिक अस्पतालमा उपचार हुँदै छ । पछिल्लो समय बिहारमै बस्न थालेका शंकर यसअघि मुलपानीमा बस्दै आएका थिए ।
पेस्तोल लिएर नेपाल आएपछि उनले गेस्ट हाउसमा बसेर दम्पतीलाई गोली प्रहार गर्ने योजना बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीबिरुद्ध प्रहरी वृत्त बौद्धले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ दम्पती अस्पतालबाट डिस्चार्ज भएपछि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी लिएर मुद्दा अघि बढाइने एसपी अधिकारीले बताए । उनले भने, ‘अहिले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्दै छौँ, पीडितको जाहेरी लिएर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा अघि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण