सजिन महर्जनले जिते बिलम लाल स्मृति चेस उपाधि
ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा दुई दिने राष्ट्रव्यापी फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल (चेस) प्रतियोगिता ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न भएको छ ।
पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा सञ्चालन भएको प्रतियोगितामा ललितपुर निवासी सिएम सजिन महर्जनले उत्कृष्ट खेल प्रदर्शन गरी विजयी बन्न सफल भएका छन् । प्रतिस्पर्धामा १२२ जना सहभागी राष्ट्रिय खेलाडी मध्ये सजिनले ९ चरणको खेलमा ७.५ अंक हासिल गर्दै विजय भए । सजिनले आकर्षक ट्रफिसहित, मेडल, प्रमाणपत्र र नगद २५ हजार पुरस्कार प्राप्त गरे ।
समान ७.५ अंक जोडेका एफएम क्षितिज भण्डारी टाइब्रेकरका आधारमा दोस्रो स्थानमा रहन पुगे । काभ्रेका एफएम भण्डारीले ट्रफि, मेडल, प्रमाणपत्र र नगद १५ हजार हात पारेका छन् । यसैगरी ७ अंक बनाएर पाँचथरका रिशोन थापा तृतीय स्थान प्राप्त गरेका छन् । युवा रिशोनले ट्रफीसहित नगद १० हजार जितेका छन् ।
प्रतियोगितामा समान ७ अंक बनाएर पेभेलियन चेस एकेडेमीका सिएम शुश्रुत दहाल चौथो हुँदै नगद ८ हजार , भक्तपुरका गणेशमान दुवाल पाँचौँ हुँदै नगद ७ हजार पुरस्कार ग्रहण गरेका छन् ।
यस्तै समान ६.५ अंक जोडेर रुपेश बहादुर रामचन्द्र छैटौँ, काठमाडौँका पुरुषोत्तम सिलवाल सातौँ, सिएम केशव श्रेष्ठ आठौँ, बद्रीलाल नेपाली नवौं र देवराज दसौँ स्थान ओगट्दै जनही ५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण