परीक्षाको दिन मोबाइलमा पठाउने दैलेखका वडा सदस्य भ्रष्टाचारमा दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका भक्तवहादुर शाही र दलबहादुर विश्वकर्मालाई दोषी ठहर गर्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले विशेष अदालत काठमाडौँको फैसला सदर गरेको हो ।
उनीहरूसहित ४ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले आंशिक मात्र ठहर हुने भनि दुई जनालाई दोषी देखाउँदै अन्यलाई सफाइ दिएपछि प्रश्नपत्र गोपनीयता भंग गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियार पुनरावेदन गएको थियो। फोनकल, मोबाइलबाट आउट भएको प्रश्नपत्रलगायतबाट कसुर पुष्टि हुने दाबी अख्तियारको थियो। ११ चैत ०७८ मा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार सर्वोच्च गएको हो ।
दैलेख डुङ्गेश्वर गाउँपालिका–५ स्थित श्री पिपल चौतारा माध्यमिक विद्यालय प्रश्नपत्र बाहिरिएपछि अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गाउँपालिकाको शिक्षा शाखामा लिइएको परीक्षामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डुङ्गेश्वर गाउँपालिका–५ का वडासदस्य भक्त बहादुर शाहीले परीक्षा सञ्चालन हुनुभन्दा दुईघण्टा आगावै प्रश्नपत्रको फोटो परीक्षार्थी रहेका दल बहादुर विकको मोबाइलमा विहान पठाएका थिए ।
सो परीक्षामा प्रश्नपत्र मिलेमतोमा लिक भएको छ । हालसालै सो गाउँपालिकाको शिक्षा शाखाद्वारा लिइएका शिक्षक नियुक्तिका परीक्षाहरू सबैमा प्रश्नपत्र लिक गर्ने, आर्थिक लेनदेन गर्ने देखिएको ठहर सर्वोच्चले पनि गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण