रिकेलटन र बाभुमाको शानदार शतक, रिजवानलाई चार शिकार
केप टाउन । रायल रिकेलटन र कप्तान टेम्बा बाभुमाको शानदार शतकको मद्दतले दक्षिण अफ्रिका पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा बलियो स्थितिमा पुगेको छ । पहिलो दिनको समाप्तिमा टोलीले ४ विकेटको क्षतिमा ३ सय १६ रन बनाएको हो ।
रिकेलटन र बाभुमा दुवैले शतक बनाए । बाभुमा १ सय ७९ बलमा १ सय ६ रन बनाउँदै आउट भए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।
रिकेलटन भने १ सय ७६ रन बनाउँदै नटआउट रहेका छन् । २ सय ३२ रनको इनिङ्समा उनले २१ चौका र १ छक्का हिर्काएका छन् । एडेन मारक्रमले १७ रन जोडे ।
पाकिस्तानका लागि सल्मान आघाले २ विकेट हात पारे भने मोहम्मद अब्बास र खुर्रम अब्बासले १–१ विकेट लिए । खेलमा विकेटकिपर मोहम्मद रिजवानको नाममा चार क्याच रह्यो ।
फिल्डिङका क्रममा घाइते भएका ओपनिङ ब्याटर सैम आयुबले भने अब खेल खेल्न नपाउने भएका छन् । मात्र सातौँ ओभरमा उनको खुट्टामा चोट लागेको थियो ।
दुई खेलको शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिका २ विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण