जय ट्रफी क्रिकेट प्रतियोगिता
जय ट्रफीको दोस्रो दिन दुई ब्याट्सम्यानको अर्धशतक
सोमबार, २२ पुस २०८१, १३ : ५५
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका छन् । वीरगञ्जमा जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान सोमपाल कामीले अर्धशतक बनाएका हुन् । जारी जय ट्रफीमा अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् ।
यसैगरी, जनकपुरमा जारी अर्को खेलमा पनि मधेश प्रदेशका मयान यादवले अर्धशतक बनाए । उनले बागमती प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । मयान यादव जारी जय ट्रफीमा अर्धशतकीय पाली खेल्ने दोस्रो ब्याट्सम्यान हुन् ।
दुबै ब्याट्सम्यानले दोस्रो पालीमा अर्धशतक बनाएका हुन् । दुबै ब्याट्सम्यान अझै अविजित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण