माओवादी केन्द्रीय समिति बैठक
विशेष महाधिवेशनको पक्षमा उभिए वर्षमान पुन
मङ्गलबार, २३ पुस २०८१, १२ : ३८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीले सञ्चालन गर्ने अभियानपछि विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। मङ्गलबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए।
ती केन्द्रीय सदस्यका अनुसार वर्षमानले नेतृत्वको विकल्प भने अहिले तयार नभइसकेको बताए । उनले भने –अभियानपछि विशेष महाधिवेशनमा जानुपर्छ, तर नेतृत्वको सवालमा अहिले नै विकल्प तयार भइसकेको छैन।
पुनले समकालीन नेताहरूमा प्रचण्डको तुलना अरूसँग हुन नसक्ने बताए। उनले विकल्पसहित समाधान दिनसक्ने नेता प्रचण्ड नै भएको समेत बैठकमा बताए।
उनले प्रचण्डको राजनीति प्रतिवेदनमाथि आफ्नो समर्थन रहेको पनि बताएको ती नेताको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण