एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय समिति बैठक सकिएको छ ।
आइतबार सुरु भएको एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलेको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम मंगलबार सकिएसँगै अध्यक्षको प्रतिवेदन पारित गरेर बैठक समापन गरिएको हो ।
बैठकमा बोल्ने केही नेताहरूले दाने जग्गा लिन नहुने भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरे भने केही नेताहरूले भीम रावल, विन्दा पाण्डे र उषा तिम्सेनामाथिको कारबाहीमा पुनर्विचार गर्न माग गरेका थिए। यसैगरी केही केन्द्रीय सदस्यहरूले भने पार्टीमा गुटबन्दी बढेको भन्दै त्यसको नियन्त्रण गर्न नेतृत्व लाग्नुपर्ने सुझाव दिए।
पहिलो दिनको बैठकमा झपट रावल र प्रकाश शाहले नेतामाथिको कारबाहीमा पुनर्विचार गर्न माग गरेका थिए । त्यस्तै दोस्रो दिनको बैठकमा नेताहरु ठाकुर गैरै, खिमलाल भट्टराई, पेम्वा लामालगायतले दाने जग्गाबारे नेतृत्वले पुनर्विचार गर्न सुझाव दिएका थिए । तेस्रो दिनको बैठकमा अमृत बोहोराले पार्टीमा बढेको गुटबन्दी नियन्त्रणबाहिर जान लागेकाले पार्टीलाई विधि र पद्धतिमा चलाउन नेतृत्वलाई सुझाव दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण