कारबाही पुनर्विचार हुँदैन, अराजकता स्वीकार्य छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथिको कारबाहीबारे तत्काल पुनर्विचार गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ता अनुशासनबाट बाहिर गएपछि कारबाही गरेर अनुशासन कायम गर्नुपर्ने भन्दै सुध्रिएको खण्डमा सोच्न सकिने भएपनि तत्काल त्यसबारे पार्टीले नसोचेको बताए ।
नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीबारे केही केन्द्रीय सदस्यले गरेको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यहाँ केहीले नेताहरूमाथिको कारबाहीमाथि पुनः विचार गरौँ भनेको पनि सुनियो, तर त्यो होइन, पुनर्विचार हुँदैन’, अध्यक्ष ओलीले भने, ‘पार्टी नेतृत्व र नीतिका पक्षमा रहनुपर्छ । अनशनहीनता र अराजकता स्वीकार्य छैन ।’ एक केन्द्रीय सदस्यले भने, ‘विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको हकमा पनि त्यो लागु हुनसक्छ । रावलको त के कुरा भयो र !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण