ट्रम्पले भने– मेक्सिको खाडीको नाम फेर्छु
वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले मेक्सिको खाडीको नाम फेर्ने बताएका छन् ।
उनले मंगलबार मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने अभिव्यक्ति दिएका हुन् । पश्चिमी गोलार्द्धको नक्सा पुनः कोर्ने यो उनको पछिल्लो संकेत हो ।
ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य भनिरहेका छन् । डेनमार्कले पनि ग्रिनल्यान्ड बेच्नेबारे सोच्नु पर्नेमा जोड दिइरहेका छन् । पानामालाई पनि पानामा क्यानल अमेरिकालाई फिर्ता गर्न भनिरहेका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिएयता नै मेक्सिकोसँग सीमा सुरक्षा र मेक्सिकोबाट आयातित वस्तुमा अतिरिक्त महसुल लगाउनेसम्म कयौँ कुरालाई लिएर ट्रम्पको खटपट भएको थियो ।
पहिलो कार्यकालमा ट्रम्पले मेक्सिकोसँगको सीमामा अग्लो पर्खाल लगाउने घोषणा नै गरेका थिए । तर सिनेटबाट सोका लागि बजेट भने पारित गर्न सकेनन् ।
मेक्सिकोको खाडीलाई अमेरिकाको तेस्रो तट भनिन्छ । यो दक्षिणपूर्वी अमेरिका पाँच राज्य भएर गएको छ । मेक्सिकोले भने यसलाई एल गोल्फो दि मेक्सिको भन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण