बागमती प्रदेश खेलकुद परिषद्मा ६ सदस्य नियुक्त
हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त गरिएको छ । मंगलबार मन्त्रीस्तरको निर्णयअनुसार राजनीतिक भागबन्डा अनुसार परिषद्मा ६ जना सदस्य नियुक्त गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सत्ता साझेदार दल एमाले र काङ्ग्रेसबाट ३/३ जना गरी ६ जना सदस्य नियुक्त गरेकी हुन् । प्रदेशमा विभागीय युवा तथा खेलकुद मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा सो मन्त्रालयको अधिकार प्राप्त हुन सकेको छैन । जसका कारण कानुनी व्यवस्था अनुसार सामाजिक विकास मन्त्री खड्गीले परिषद्मा ६ सदस्य नियुक्त गरेकी हुन् ।
खेलकुद सङ्घ संस्था, खेल विज्ञ र अपाङ्गता कोटाबाट सदस्य नियुक्त गरिएको हो । जसमा खेलकुद सङ्घ संस्थाबाट एमालेले दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रूपमा ललितपुरकी दिपा क्षेत्री र अपाङ्गता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।
त्यस्तै खेलकुद सङ्घ संस्थाबाट कांग्रेसले मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्टाचार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरिएको छ । लुङ्वा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको कोटामा सदस्य भएका हुन् भने भट्टाचार्य सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र घिताल मोहनबहादुर बस्नेतको कोटामा सदस्य बनेका हुन् ।
यसअघि गत मङ्सिर १० मा प्रदेश सरकारको मन्त्रिपरिषद्बाट ४ जना सदस्य नियुक्त भएका थिए । मन्त्रिपरिषद्ले कांग्रेस र एमालेबाट २/२ जना सदस्य नियुक्त गरिएको थियो । काङ्ग्रेसबाट रवि महर्जन, कल्पना खड्का नियुक्त हुँदा एमालेबाट नविना खनिया र सविन श्रेष्ठ नियुक्त गरिएको थियो । नियुक्त भएको ४५ दिनसम्म उनीहरूको शपथ हुन सकेको छैन ।
एक सदस्यको पदावधि बाँकी नै रहेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । माओवादी केन्द्रको कोटामा नियुक्त भएका श्रीभक्त छवालाई नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण