कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान
धनगढी । कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ ।
हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो ।
प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्याउने उनको भनाइ छ ।
गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडामा ठोक्किएर कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको ज्यान गएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण