दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
सारांश
- नेकपा नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेका १० हजारभन्दा बढी कर्मचारीलाई हटाएर राज्य कमजोर पार्न खोजिएको आरोप लगाएका छन् ।
- उनले विगतमा पनि राजनीतिक परिवर्तनपछि बाह्य शक्तिको प्रभावमा कर्मचारी कटौती गरी राज्य कमजोर पारिएको उदाहरण दिएका छन् ।
- रावलले लोकसेवा आयोगबाट छानिएका र अनुभव प्राप्त कर्मचारीलाई निष्कासन गर्नु नेपालजस्तो देशका लागि घातक हुने भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् ।
रास्वपाको झन्डै दुई तिहाइ बहुमतको सरकारले सहसचिवभन्दा माथिका एवं लामो समय प्रशासनिक सेवा गरेका १० हजार बढी कर्मचारीलाई अवकाश दिन लागेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्–'नेपालको इतिहास हेर्दा २००७ सालको परिवर्तनपछि बाह्य शक्तिको इशारामा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ठुलो सङ्ख्यामा सेनाको कटौती गरेर दक्षिण एसियामा शक्तिशाली रहेको नेपाललाई कमजोर बनाए। २०४६–४७ सालको आन्दोलनपछि बहुमत प्राप्त नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकातिर प्रतिजासुसी संगठन खारेज गरी राष्ट्रको सुरक्षा प्रणाली कमजोर तुल्याए भने अर्कोतिर राज्यले धेरै ठुलो लगानी गरेर उत्पादन गरेको जनशक्तिलाई ठुलो सङ्ख्यामा हटाई प्रशासनयन्त्रलाई कमजोर बनाए। अहिले फेरि राज्यको धेरै ठुलो लगानी भएको र लामो समय प्रशासनयन्त्रमा रहेर दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल खेलिँदैछ। '
रावलले थप भनेका छन्– 'पुराना राजनीतिक दल सत्तामा रहेको बेलाका कर्मचारी भन्ने बहानामा लोकसेवा आयोगको परीक्षा र प्रशासनिक प्रक्रियाबाट छानिएका र अनेकौँ तालिम र अनुभव हासिल गरेका कर्मचारीहरूलाई निष्कासन गर्ने भनेको नेपाल जस्तो आर्थिक कठिनाइ र अनेक प्रकारका समस्याहरूले ग्रस्त देशको लागि अत्यन्त घातक कुरा हो। यस्तो संवेदनशील विषयमा राजनीतिक दलका नेताहरू, सांसद, स्वयं कर्मचारीहरू र नागरिकहरूको गम्भीर रूपमा ध्यान जानुपर्छ। नेपाल २००७ सालपछिको परिवर्तनका अनेक चरणहरूमा यस्ता प्रकारका षड्यन्त्रहरू र प्रयोगबाट आक्रान्त हुँदै आएको छ। यस्तो स्थितिबाट देशलाई जोगाउनु पर्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
-
‘च्याटजीपीटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण