‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
सारांश
- चलचित्र 'रोल नं १' अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् ।
- विद्यार्थी र अभिभावकको आग्रहमा हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको छ ।
- शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको सङ्घर्षको कथामा बनेको यो चलचित्र सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको हो ।
काठमाडौँ । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माण पक्षले आफ्नो चलचित्रको टिकटमा ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा पाइनेछ ।
विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
‘स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाई अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ’, निर्माता पौडेलले भने- ‘नेपालभरका सहभागी सिनेमा घरहरूमा ५० प्रतिशत छुट लागू भइसकेको छ ।’
शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको सङ्घर्षको कथामा बनेको चलचित्र सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको हो ।
जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिका छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण