नेपालमै पहिलोपटक दक्षिण एसियाली स्ट्रिट डिफेन्स
काठमाडौँ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी गराए ।
पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौल समूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौल समूहमा भिडन्त हुनेछ ।
हरेक तौल समूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशि ३ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई के कति दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुङ्गो लगाउने आयोजकले जनाएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । दुहिदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तीस पुतलीमा सुरु भएको छ । दुहिदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोश्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानको सहभागिता रहने छ ।
मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्ने छन् । उनीहरूलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण