दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
शुक्रबार, २६ पुस २०८१, १९ : १०
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको प्रहरीले जनाएको छ ।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालले बताए ।
वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण