दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
शुक्रबार, २६ पुस २०८१, १९ : १०

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको प्रहरीले जनाएको छ ।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालले बताए ।
वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले ‘कनेक्ट किसान’ को एआईलाई सोधे प्रश्न, दियो उत्तर
-
‘डलरमा कमिसनको खेल हुने देशमा माफियाहरूले मल कारखाना स्थापना हुन दिँदैनन्’
-
बारा पुगेर माधव नेपालले भनेका थिए – सरकारले बुद्धि पुर्याओस्, भ्रष्टाचार नियन्त्रण गरोस्
-
मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै
-
कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
सहमतिको नाममा वाईसीएलको बन्दसत्र बन्धक, निर्वाचन कार्यतालिका प्रभावित