प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
बैतडी । प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ । प्रतियोगिताका लागि विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
कप्तानमा विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् ।
प्रशिक्षकमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका सचिव भट्टले बताए । यही पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण