उखु किसानलाई चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ अनुदान
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ९९ करोड ५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण गरिएको मन्त्रालयको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण