विशेष अदालत काठमाडौँको सदस्यमा विदुर कोइराला
सोमबार, २९ पुस २०८१, १६ : ४८
काठमाडौँ । सरकारले विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्ने निर्णय गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी सोही दिनको मन्त्रिपरिषद्ले नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
साथै बैठकले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने वर्ष १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
-
दशौँ राष्ट्रिय खेलकुद कहिले ? पटक–पटक मिति सार्दा बढ्दै छ अन्योल
-
केप भर्डेका काब्रलले गरेको गोल फिफा विश्वकप-२०२६ को उत्कृष्ट गोल घोषित
-
सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण