कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
काठमाडौँ । ललितपुरस्थित कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने भएको छ । माघ १ गते पर्ने तेस्रो जैविक विविधता दिवसको अवसरमा माघ २ र ३ गते रैथाने बाली प्रदर्शनी तथा मेला हुन लागेको हो ।
सो स्थानमा करिब सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी किसानका ३० वटा रैथाने वस्तु बालीका स्थल हुनेछन् । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता मनाइँदै छ ।
सोमबार पत्रकार सम्मेलन मार्फत कृषि विभागले नेपाल जैविक विविधताले धनी राष्ट्रहरूमध्ये नेपाल ४९ औँ स्थानमा रहेको जनाएको छ । नेपालमा करिब २४ हजार जीवित प्रजातिहरूका रहेका र सोमध्ये करिब १ तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्त्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलवा कृषि जैविक विविधताको हासलाई तीव्र बनाएको विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले बताए ।
उनले नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि वाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सूक्ष्म जीव ) मध्ये करिब ४० प्रतिशत लोप भैसकेको हुन सक्ने अनुमान गरिएको उल्लेख गरे ।
वि.सं.२०७९ सालयता राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउँदै आएको छ । मन्त्रिपरिषद् बाट मिति २०७९/५/२७ मा प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण