एपीएफले सजिलै हरायो कर्णालीलाई
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले कर्णाली प्रदेशमाथि सहज जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा एपीएफ १ सय ११ रनले विजयी बन्यो ।
१ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७१ रन मात्र बनाउन सक्यो । टोलीलाई सस्तोमा समेट्न करुना भण्डारीले ३ विकेट लिइन् । उनले ४ ओभर बलिङ गर्दा ११ रन मात्र खर्चिइन् ।
कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक १७ रन जोडिन् । उनले २० बलमा २ चौका हिर्काइन् । त्यस्तै, रमा बुढाथोकीले १० रन बनाइन् । १७ बलमा २ चौका प्रहार गर्दै उनी पभेलियन फर्किइन् । गौरी बोहोराले पनि २७ बलमा १० रनको योगदान दिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ममता चौधरी र कप्तान इन्दु वर्माको शानदार ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा मात्र एक विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।
चौधरीले अर्धशतकीय इनिङ्स खेल्दै ६६ बलमा सर्वाधिक ७८ रन जोडिन् । उनले १० चौका प्रहार गरिन् । कप्तान इन्दु वर्माले उनलाई राम्रो साथ दिइन् । वर्माले पनि अर्धशतक बनाइन् । उनले ३४ बलमा ५२ रन बनाइन् । उनले आफ्नो इनिङ्समा ७ चौका हिर्काइन् ।
एपीएफले एक्लो विकेटको रूपमा ओपनर राजमति ऐरीलाई गुमायो । ऐरीले २२ रनको योगदान दिँदै पभेलियन फर्किइन् । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । कर्णाली प्रदेशका लागि दीक्षा पुरीले ४ ओभर बलिङ गर्दै १ विकेट हात पारिन् ।
समूह एमा पहिलो जित हात पार्दै एपीएफले २ अङ्क बटुलेको छ । यसअघि यही समूहको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकीलाई ७ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण