राजनीति
६ महिनापछि समाजवादी मोर्चाको बैठक आलोकनगरमा
बुधबार, ०२ माघ २०८१, १४ : २४
काठमाडौँ । ६ महिनापछि विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ ।
असार २८ गते प्रचण्ड सरकार ढलेपछि साउन १ गते पहिलोपटक बैठक बसेको थियो । यसबिचमा कार्यदलको बैठक बसे पनि मोर्चाको मुख्य दल नेकपा माओवादी केन्द्र आन्तरिक काममा व्यस्त रहँदा बैठक प्रभावित हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण