जब डायलोले १२ मिनेटमै ह्याट्रिक पूरा गरेर म्यानयुलाई जिताए
शुक्रबार, ०४ माघ २०८१, ०४ : ००
काठमाडौं । अमाद डायलोको ह्याट्रिक मद्दतले म्यान्चेस्टर युनाइटेडलाई प्रिमियर लिगमा ठूलो राहत मिलेको छ । घरेलु मैदानमा बिहीबार राती भएको खेलमा म्यानयुले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनलाई ३-१ ले हराएको हो ।
पहिलो हाफअघि म्यानयु आफैंले आत्मघाती गोल उपहार दिएर साउथह्याम्पटनलाई उचालेकामा ढिलागरी डायलोले ह्याट्रिक गरेर टोलीलाई जिताए । ८२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले (१२ मिनेटमा) अतिरिक्त समयको चौथो मिनेट अर्थात् ९४ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
हालसम्म ९ वटा हार व्यहोरेको म्यानयु २४ अंक जोड्दै बल्ल अंक तालिकाको १४ औं स्थानमा पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ४७ अंक छ । यस्तै, बिहीबार राती प्रिमियर लिग अन्तर्गत भएको अर्को खेलमा ब्राइटनले इप्सविच टाउनलाई २-० ले हराउँदै अंक तालिकाको नवौं स्थान कब्जा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण