पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै
मलेखु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताएका छन् । आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि उनले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताए ।
मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । ‘नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ’, उनले भने- ‘हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।’
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा (एमाले) सँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताए । ‘एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ’, उनले भने, ‘एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण