सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी पक्राउ
आइतबार, ०६ माघ २०८१, ०९ : ५७
नयाँदिल्ली । मुम्बई पुलिसले बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ। बिहीबार खानमाथि उनकै बान्द्रस्थित निवासमा चक्कु प्रहार भएको थियो ।
आरोपीलाई आइतबार बिहान ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । मुम्बई प्रहरीले यो घटना मोहम्मद आलियान उर्फ बीजेले गराएको दाबी गरेको छ। पक्राउ पर्ने डरले, आरोपीले पहिले आफूलाई विजय दासको रूपमा चिनाएका थिए।
बिहान ३:३० बजे आरोपीलाई सोधपुछको लागि बान्द्रा प्रहरी चौकीमा लगिएको थियो भने आइतबार नै अभियुक्तलाई अदालतमा पेस गरिनेछ ।
यसैबिच प्रहरीले पत्रकार सम्मेलनमार्फत खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण