‘एक्लो’को पोष्टर विजय लामाको वृद्ध गेटअप

काठमाडौँ । फिल्म ‘एक्लो’को विजय लामाको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । साइन्स फिक्सनमा आधारित फिल्मको पोस्टरमा लामालाई वृद्ध गेटअपमा देखाइएको छ ।
उनको क्यारेक्टरको नाम भिस्म रहेको छ । उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ ।
फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशन रहेको फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको बनाउन लण्डनमा पोस्ट प्रोडक्सन गरिरहेका छन् ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय छ ।
एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति