बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु प्रहारको घटनाबारे मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान गरिरहेको छ । सोमबार प्रहरीले यस मामिलामा सन्दिग्ध शरिफुल इस्लामलाई समातेका थिए ।
पक्राउ परेका अभियुक्त बङ्गलादेशका एक पहलवान भएको बताइएको छ । सोधपुछपछि अपराध शाखाले भन्यो, ‘शरीफुलले जिल्ला र राष्ट्रिय स्तरमा कुस्ती खेलेका थिए । कुस्ती खेलाडी भएको कारणले गर्दा उनी सैफमाथि भारी भए ।
घटनापछि उनले धेरै पटक लुगा फेरे र धेरै ठाउँमा पनि गए । त्यसैले उसलाई खोज्न समय लाग्यो । ऊ एउटा पबमा काम गर्थे, यहाँबाट पनि चोरी गरेको आरोपमा उसलाई निकालिएको थियो । शरीफुल सेप्टेम्बरमा मुम्बई आएका थिए ।’
मुम्बई प्रहरीले सैफको बान्द्रास्थित घरमा अपराध दृश्य रिक्रियट गर्न सक्ने भनिएको छ । शरिफुल यतिबेला ५ दिनको प्रहरी हिरासतमा छन् । प्रहरीले बताएअनुसार शहजाद जनवरी १६ को बिहान चोरीको उद्देश्यले सैफको अपार्टमेन्टमा छिरेका थिए । अपार्टमेन्टको आठौँ तल्लासम्म उनी भर्याङ्ग नै चढेर गएको पत्ता लागेको छ ।
यसपछि, पाइपमा उक्लिँदै उनी १२ औँ तल्लामा पुगे र बाथरुमको झ्यालबाट सैफको फ्ल्याटमा छिरे । जनवरी १५ को राति करिब २ बजे सैफमाथि आक्रमण भएको थियो ।
यस आक्रमणमा उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको थियो । यसपछि उनलाई लिलावती अस्पताल पुर्याइयो । यहाँ उनको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण