बागमती प्रदेशको पहिलो जित, बलियो आर्मी स्तब्ध
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा बागमती प्रदेशले बलियो प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको हो ।
बागमती प्रदेश आफ्नो पहिलो खेलमा कोशी प्रदेशसँग १० रनले पराजित भएको थियो । आर्मी क्लबले भने आफ्नो पहिलो खेलमा मधेश प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १५ ओभरमा दुई विकेट गुमाएर ८१ रन बनाएको थियो । प्रतिकूल मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १५–१५ ओभरमा झारिएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १३.२ ओभरमै अलआउट हुनुअघि ६७ रनमात्र बनाउन सक्यो । आर्मी क्लबका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन बनाइन् । आर्मी क्लबलाई लक्ष्यसम्म पुग्न नदिन बागमती प्रदेशका बलर सोनु खड्का, मनिष उपाध्याय र कञ्चन श्रेष्ठले दुई–दुई विकेट लिए । संस्कृति फुयाल र विपिसा शाहीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि ओपनर यशु पाण्डेले २५ रन बनाएकी थिइन् । उनले ३२ बलमा चार चौका पनि प्रहार गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान कञ्चन श्रेष्ठले पनि ३८ बलमा अविजित २४ रन बनाइन् ।
चौथो नम्बरकी ब्याटर यशोदा बिष्ट २० रनमा अविजित रहिन् । उनले १९ बलमा एक चौका पनि प्रहार गरिन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो । आर्मी क्लबकी बलर लक्ष्मी साउद र इश्वरी बिष्टले एक–एक विकेट लिए ।
समूह ‘बी’ मा दुई खेल खेलेको आर्मी क्लबको दुई र समान खेल खेलेको बागमती प्रदेशको पनि दुई अंक रहेको छ । एक खेल खेलेको कोशी प्रदेशको पनि दुई अंक छ । एक खेल खेलेको मधेश प्रदेशले भने अंक बटुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण