‘माइतीघर’मा भित्रिए धिरज

काठमाडौँ । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारको लाइनअप पुरा भएको छ । फिल्मको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको हो ।
निर्माता रोहित अधिकारीले नायक धिरज मगरसँग कागजी सम्झौता समेत गरिसकेका छन् । फिल्ममा तीन स्टार कलाकारले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।
फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दसैँमा एउटा शोज पाएपनि फिल्म रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका