सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण
सोमबार, ०७ माघ २०८१, १६ : ०७
काठमाडौँ । सानिमा बैंकको पर्सा शाखाले पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच पर्सागढी शाखाका कर्मचारीले दुवै विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका हुन् । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण