१२४ मुलुकसँग नेपालको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १५७ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएकोमा १२४ वटा देशसँग व्यापार घाटा भएको छ । बाँकी ३३ मुलुकसँग मात्रै देशको व्यापार नाफामा रहेको छ ।
जसमध्ये सबेभन्दा धेरै भारतसँग भएको छ । भारतसँग ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने भारततर्फ १ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिनासँग व्यापार घाटा भएको छ । चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा चीनतर्फ १ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसअनुसार चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड बराबरले व्यापार घाटा भएको छ ।
यस्तै अर्जेन्टिनाबाट २२ अर्ब ६२ करोड बराबरको वस्तु आयात हुँदा ९ लाख ९६ हजार रुपैयाँको वस्तु अर्जेन्टिनातर्फ निर्यात भएको छ । त्यसैले अर्जेनिटनासँग २२ अर्ब ६२ करोड बराबरको व्यापार घाटा नेपालले व्यहोर्नु परेको छ ।
कुल ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
जसमध्ये ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ