१२४ मुलुकसँग नेपालको व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १५७ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएकोमा १२४ वटा देशसँग व्यापार घाटा भएको छ । बाँकी ३३ मुलुकसँग मात्रै देशको व्यापार नाफामा रहेको छ ।
जसमध्ये सबेभन्दा धेरै भारतसँग भएको छ । भारतसँग ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने भारततर्फ १ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिनासँग व्यापार घाटा भएको छ । चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा चीनतर्फ १ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसअनुसार चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड बराबरले व्यापार घाटा भएको छ ।
यस्तै अर्जेन्टिनाबाट २२ अर्ब ६२ करोड बराबरको वस्तु आयात हुँदा ९ लाख ९६ हजार रुपैयाँको वस्तु अर्जेन्टिनातर्फ निर्यात भएको छ । त्यसैले अर्जेनिटनासँग २२ अर्ब ६२ करोड बराबरको व्यापार घाटा नेपालले व्यहोर्नु परेको छ ।
कुल ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
जसमध्ये ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण