प्रिमियर लिगमा चेल्सी लयमा फर्कियो
मङ्गलबार, ०८ माघ २०८१, ०४ : २५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी लयमा फर्किएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वुल्भ्सलाई ३-१ गोल अन्तरले हरायो । पछिल्लो समय चेल्सीलाई बराबरी र हारले अंक तालिकामा खुम्च्याएको थियो ।
चेल्सीलाई जिताउन टोसिन अदाराबियोयो, मार्क, नोनी मडुकेले एक-एक गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । यो जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ४० अंक भएको छ ।
शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ५० अंक पुग्दा दोस्रो स्थानको आर्सनलको २२ खेलबाट ४४ अंक छ । समान खेलबाट नटिङघमको ४४ अंंक भए पनि गोल अन्तरले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण