पोखराबाट ‘महाभोज’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलबारदेखि पोखराको घाचोकबाट फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्मका लागि पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र मोहन निरौलाले दिए ।
गतसाता काठमाडौँमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरेर शुभ साइत गरेको फिल्मका निर्देशक दिनेश राउत हुन् । राउतको यो आठौँ फिल्म हो । फिल्मका निर्माता हिमाल कडरिया हुन् ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहनेछ ।
सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर पाइनेछ । निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको बताए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण रहेको फिल्मका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । विकास सुवेदीको लेखेका रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन र निमेष श्रेष्ठ सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण