पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
गाजा । इजरायलको कब्जामा रहेको वेष्ट बैंकका जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएअनुसार यस आक्रमणमा अरू ३५ जना घाइते भएका छन् ।
प्यालेस्टिनी सञ्चार माध्यममा आएको खबरका अनुसार शहरमा धेरै आक्रमणहरू भएका छन । शहर बाहेक राहत शिविरहरूमा ठुलो संख्यामा सेनाको हलचल भइरहेको छ ।
इजरायली सेनाले जेनिनबाट आतङ्कवाद उन्मूलन गर्न ठुलो मात्रामा अपरेशन सुरु गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार सामाजिक सञ्जालमा भनेको थिए । इजरायलको वेस्ट बैंकमा कारबाही पछि हिंसा भड्किने डर बढेको छ ।
‘आकाशमा हेलिकप्टरहरू थिए भने जताततै इजरायली सैनिकहरू थिए,’ जेनिनका गभर्नर कमाल अबु अल–रुबले सेनाको कारबाहीको बारेमा एएफपीलाई बताए । इजरायली सेनाले जेनिन शिविरलाई पूर्ण रूपमा घेरेको र बुलडोजरले धेरै सडकहरू खनेको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण