मकवानपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ
बिहीबार, १० माघ २०८१, १० : ३८
हेटौँडा । भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो ।
अनुमतिपत्र नलिइ भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा निजबाट फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुदजस्तो देखिने पाउडर ३०५ ग्राम, ढुङ्गाको जस्तो देखिने वस्तु २४ थान, एउटा खुकुरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण