बागमतीमाथि एपीएफको रवाफिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोर* अन्तरगतको खेलमा शीर्ष स्थानमा विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ) ले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीबार भएको खेलमा एपीएफ १० विकेटले विजयी बनेको हो ।
१८ ओभरमा छोट्याइएको खेलमा बागमती प्रदेशले प्रस्तुत गरेको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना कुनै विकेट गुमाएर पछ्यायो । टोलीका लागि ममता चौधरीले २० बलमा २३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । त्यस्तै, राजमती ऐरीले २२ बलको सामना गर्दै १४ रनको योगदान दिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेटको क्षतिमा ४२ रन मात्र जोड्न सक्यो । टोलीका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यशु पाण्डे, सबिका यादव र ऐली यादवले सर्वाधिक ८/८ रनको योगदान दिए । विपाशा शाहीले ७ रन बनाइन् ।
बागमतीलाई सस्तोमा समेट्न एपीएफकी सुमन विष्टले ३ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावल र बिनु बुढाले २–२ विकेट तथा कविता जोशीले १ विकेट हात पारिन् ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय