बागमतीमाथि एपीएफको रवाफिलो जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोर* अन्तरगतको खेलमा शीर्ष स्थानमा विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ) ले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीबार भएको खेलमा एपीएफ १० विकेटले विजयी बनेको हो ।
१८ ओभरमा छोट्याइएको खेलमा बागमती प्रदेशले प्रस्तुत गरेको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना कुनै विकेट गुमाएर पछ्यायो । टोलीका लागि ममता चौधरीले २० बलमा २३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । त्यस्तै, राजमती ऐरीले २२ बलको सामना गर्दै १४ रनको योगदान दिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेटको क्षतिमा ४२ रन मात्र जोड्न सक्यो । टोलीका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यशु पाण्डे, सबिका यादव र ऐली यादवले सर्वाधिक ८/८ रनको योगदान दिए । विपाशा शाहीले ७ रन बनाइन् ।
बागमतीलाई सस्तोमा समेट्न एपीएफकी सुमन विष्टले ३ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावल र बिनु बुढाले २–२ विकेट तथा कविता जोशीले १ विकेट हात पारिन् ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण