चर्को आलोचनापछि मधेस सरकारले फिर्ता लियो भाषा विधेयक
धनुषा । चर्को आलोचना र विरोधपछि मधेस सरकारले भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता गरेको छ । बुधवार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेशसभामा पेस गरेको विधेयकमाथि सरोकारवालाहरूले असन्तुष्टि जनाउँदै विरोध गरेपछि सरकारले विधेयक फिर्ता लिएको हो ।
शुक्रवारको प्रदेशसभा बैठकमा शिक्षा तथा संस्कृति मन्त्री तिवारीले विधेयक फिर्ता लिने प्रस्ताव गरेकी थिइन् । उनले विधेयकमा त्रुटि भए पनि सदनबाटै सच्याउने अधिकार भएको बताइन् ।
‘विधेयक ल्याउँदा त्रुटि भयो । मैले थारु भाषा पनि समेट्नुपर्थ्यो भन्ने महसुस गरेकी छु । तर कानुन मन्त्रालयले यसमा समेटेर पठाइदिए अझ राम्रो हुन्थ्यो’, मन्त्री तिवारीको भनाइ छ ।
विधेयकमा नेपाली अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई कामकाजको भाषाको रूपमा अघि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण