प्रधानमन्त्री कप महिला क्रिकेट
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
शनिबार, १२ माघ २०८१, १२ : ५०
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।
टोलीका लागि मनिषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् । कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् ।
अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए ।
एपीएफका लागि कविता जोशीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिइन् । शबनम राई र कप्तान इन्दु वर्माले २–२ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण