नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास दिलाउनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले नेपाल सुन्दर मात्र नभई सुरक्षित रहेको महसुस पर्यटकहरूलाई दिलाउन सके मात्रै नेपालमा पर्यटकको सङ्ख्या बढ्ने बताएका हुन् ।
उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए । उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरूको सम्मानजनक भूमिका अनिवार्य रहेको बताए ।
उनले भने, ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउन सके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ । पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरूको सम्मानजनक भूमिका अनिवार्य छ ।’
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण