तीन अर्बको पाम तेल आयात, १ अर्बको भारतमा निर्यात
शनिबार, १२ माघ २०८१, १७ : ३४
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ भने १ अर्बको पाम तेल निर्यात भएको छ । २०८१ साउन यता पुस मसान्तसम्म सो परिमाण पाम तेल आयात निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड २६ लाख ६० हजार रुपैयाँको २३४२२२७९ लिटर आयात भएको छ । सो तेल आयात हुँदा ९४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सो अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बढीको पाम तेल भारतमा निर्यात भएको छ । १ अर्ब १३ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको ६५२१९८४ लिटर पाम तेल निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण