लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लब लिभरपुल र आर्सनलले अग्रता थप बलियो बनाएका छन् । शनिबार राती घरेलु मैदानमा लिभरपुलले इप्सविच टाउनलाई ४-१ ले हराउँदै अग्रता बलियो बनायो ।
लिभरपुललाई जिताउन कोडी गकपोले दुई गोल गर्दा डोमिनिक स्जोबोस्जला र मोहम्मद सालाहले एक-एक गोल गरे । अन्तिम समयमा इप्सविचका याकूव ग्रीभ्सले एक गोल फर्काए ।
यो जितसँगै लिभरपुल २२ खेलबाट ५३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको आर्सनलले समेत १–० सहज जित निकाल्दै लिभरपुलसँगको दुरी घटाएको छ ।
आर्सनलले वुल्भ्सलाई १-० ले हरायो । पहिलो हाफअघि १० खेलाडीमा सिमित भएको आर्सनललाई जिताउन रिकार्डोले गरेको गोल नै निर्णायक बन्यो । यस्तै, प्रिमियर लिग अन्तर्गत बर्नमथले तेस्रो स्थानमा रहेको नटिङघमलाई फराकिलो अन्तरले हरायो ।
बर्नमथले नटिङघमविरुद्ध ५-० को जित निकालेको हो । यस्तै, एभर्टनले ब्राइटनलाई १-० ले हराउँदा न्यूक्यासल युनाइटेडले साउथह्याम्पटनलाई ३-१ ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण