सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
आइतबार, १३ माघ २०८१, १० : ०४

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरू लिलाम बिक्री गर्ने भएको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ ।
विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ ।
यस्तै एयर बर्ड २ हजार ३४० पिस। स्मार्ट वाट २ हजार २९६ पिस। मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ ।
नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय