नेपाल आए राजवल्लभ, यस्तो छ कारण
आइतबार, १३ माघ २०८१, १० : २२
_8cdYrgkWaV.jpg)
काठमाडौँ । अभिनेता राजवल्लभ कोइराला नेपाल आएका छन् । फिल्म ‘एक्टर : टेक वान’को प्रमोसन र प्रिमिएरमा सहभागी हुन उनी शनिबार साँझ नेपाल आएका हुन् । कोइरालालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा अभिनेता प्रदीप खड्का, निर्माता थमन कुमार भण्डारी लगायत पुगेका थिए ।
उनी यसअघि गत जेठमा फिल्म अभिनय सिलसिलामा नेपाल आएका थिए । कोइरालाले ‘एक्टर ः टेक वान’ ९ वर्षपछि अभिनय गरेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्म आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।
अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका सह–निर्माता एनिस भुसाल हुन् । फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यू गरेका उनी ‘हाइवे टू धम्पुस’मा काम गर्न अमेरिका पुगेपछि उतै हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय