नेपाल आए राजवल्लभ, यस्तो छ कारण
आइतबार, १३ माघ २०८१, १० : २२
काठमाडौँ । अभिनेता राजवल्लभ कोइराला नेपाल आएका छन् । फिल्म ‘एक्टर : टेक वान’को प्रमोसन र प्रिमिएरमा सहभागी हुन उनी शनिबार साँझ नेपाल आएका हुन् । कोइरालालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा अभिनेता प्रदीप खड्का, निर्माता थमन कुमार भण्डारी लगायत पुगेका थिए ।
उनी यसअघि गत जेठमा फिल्म अभिनय सिलसिलामा नेपाल आएका थिए । कोइरालाले ‘एक्टर ः टेक वान’ ९ वर्षपछि अभिनय गरेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्म आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।
अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका सह–निर्माता एनिस भुसाल हुन् । फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यू गरेका उनी ‘हाइवे टू धम्पुस’मा काम गर्न अमेरिका पुगेपछि उतै हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण