कास्कीमा माछापुच्छ्रे अध्यक्ष कप भलिबल हुने
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अध्यक्ष कप खुला भलिबल प्रतियोगिता गर्ने भएको छ । प्रदेशभरिका पालिका स्तरीय प्रतियोगिता धम्पुसमा फागुन १४ देखि १७ गतेसम्म हुनेछ ।
खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणको प्रतियोगितामा प्रदेशभरिका पालिकालाई सहभागिताको लागि आह्वान गरिएको पालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा २ जनासम्म बाह्य खेलाडीलाई सहभागिता गराउन पाउने नियम राखिएको छ । ‘दुई जना बाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय स्तरका खेलाडी पनि सहभागी हुने सम्भावना छ,’ उनले भने, ‘खेलमा रौनक बढ्ने अपेक्षा पनि हामीले गरेका छौँ ।’
प्रतियोगितामा पुरुषतर्फ उपाधि विजेतालाई २ लाख, दोस्रो हुनेलाई १ लाख र सेमी फाइनल खेलेका बाँकी २ टिमलाई ५० हजारका दरले पुरस्कार व्यवस्था गरिएको छ । महिलातर्फ पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र सेमी फाइनल पुग्ने २ टिमले २५ हजारका दरले पुरस्कार पाउँछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने पालिकाले जनाएको छ ।
महिलातर्फको प्रतियोगिता भने पहिलो पटक समावेश गरिएको हो । पर्यटकीय गाउँमा प्रतियोगिता हुने भएकोले सहभागी टिमभन्दा बढी हुन सक्ने उपाध्यक्ष सीता अधिकारीको आँकलन छ । ‘धम्पुस परिचित पर्यटकीय गाउँ हो,’ उनले भनिन्, ‘प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि सहयोग पुग्छ । धेरै टिम आउने विश्वास छ ।’ वडा नम्बर ७ का अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज कायम गर्ने बताए । उनका अनुसार धम्पुसले एक रातमा १ हजार जनालाई राख्न सक्छ । करिब ४० होटल सञ्चालनमा छन् ।
दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप प्रतियोगिता बौंदीकाली गाउँपालिका नवलपुरले जितेको थियो । गल्कोट नगरपालिका बाग्लुङ दोस्रो भएको पालिकाको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण