इटालीका युवा खेलाडी सिन्नरलाई लगातार दोस्रो अस्ट्रेलियन ओपन
मेलबर्न । इटालीका २३ वर्षीय यानिक सिन्नरले लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । आइतबार मेलबर्नको रोड लिभर एरिनामा पुरुष सिंगल्सको फाइनल खेलिएको थियो । सिन्नरले जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई ३ सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
फाइनल खेलमा विश्व नम्बर–१ र विश्व नम्बर–२ भिड्दै थिए । अष्ट्रेलियन ओपनमा यो २०१९ पछि पहिलो पटक भएको हो । त्यतिबेला विश्व नम्बर १ नोभाक जोकोभिचले नम्बर २ राफेल नाडाललाई सोझो सेटमा पराजित गरेका थिए । अहिले विश्व नम्बर १ सिन्नरले नम्बर २ ज्वेरेभलाई ६–३, ७–६, ७–४, ६–३ ले हराए।
सन् २०२४ यता सिन्नरले ५ मध्ये ३ ग्रान्ड स्लाम जितेका छन् । उनले गत वर्ष अस्ट्रेलिया ओपन र युएस ओपनको उपाधि जितेका थिए । यसपटक पनि उनले अस्ट्रेलियन ओपन जितेर वर्षको सुरुवात गरेका छन् । यस अवधिमा उनले ८० खेल जितेका छन् भने ६ खेलमा मात्रै हार बेहोरेका छन् । पछिल्लो २१ खेलमा उनीले कुनै पनि खेल हारेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण