सुदन किरातीको प्रश्न : ठगी गर्नको लागि पनि प्रचण्डकै नाम बेच्नुपर्ने ?
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचार समृद्धिको शत्रु भएको बताएका छन् । उनले एक शक्तिशाली अनुशासित पार्टी र आचरणयुक्त कार्यकर्ता भएको सदाचारी पार्टीले मात्र भ्रष्टाचारमाथि विजय हासिल गर्न सक्ने बताए ।
आइतबार ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिकाको तेस्रो अधिवेशन उद्घाटन गर्दै नेता किरातीले पछिल्लो समय पार्टीका नेता कार्यकर्ताहरूले जनयुद्धको मूल्य मान्यता र हाम्रो आचरणहरू बिर्सिँदै गएको बताए । उनले जालझेल र ठगी गर्नकै लागि पार्टी र अध्यक्ष प्रचण्डको नाम बेच्ने काम भएको भन्दै आक्रोश पोखे ।
किरातीले भने, ‘हामी यतिसम्म बिग्रियौ कि जालझेल गर्नको लागि ठगी गर्नको लागि अर्कालाई ढाँट्नको लागि पनि पार्टीकै नाम बेच्नुपर्ने अध्यक्ष प्रचण्डकै नाम बेच्नुपर्ने हदसम्मको भइसक्यो ।’
नेता किरातीले गौतम बुद्धले होस् वा माओले आचरणका कुरा गरेका बताउँदै आचरण विचारको पोशाक भएको बताए ।
उनले अब विचारमा रूपान्तरण र देखिने गरी जनताले महसुस गर्ने गरी आफूहरूको व्यवहार र आचरण नभए भगवानले पनि जोगाउन नकस्ने बताए । आगामी ६ महिने अभियानमा गएर पार्टी अधिवेशनमा जाने केन्द्रीय समितिको निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्नुपर्नेमा समेत किरातीले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण