‘फास्ट ट्रयाक’ बाट अध्यादेश पारित गर्ने सरकारको निर्णय
मङ्गलबार, १५ माघ २०८१, १४ : ४०
काठमाडौँ । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकबाट पारित गरिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
जसअनुसार अध्यादेशहरु कार्यान्वयनका लागि फास्ट ट्रयाकबाट पारित गरेर आवश्यक नियमावलीहरु बनाउने निर्णय भएको उनको भनाइ छ ।
उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण