संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शहीद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श शहीदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताए । उनले भनेका छन् -'शहीद दिवसको यस महत्त्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।
सार्वभौमसत्ता सम्पन्न नागरिक, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको समृद्ध नेपाल, सामाजिक न्याययुक्त समावेशी चरित्र बोकेको राज्य संरचना र विभेदमुक्त समानतायुक्त समाज निर्माणका लागि जीवन बलिदान गर्ने सहिदहरूले देखाएको सत्मार्गमा निरन्तर लागिरहने सङ्कल्प गरेका छन् ।
बढ्दो जनअपेक्षा, सीमित स्रोत र तरल आर्थिक अवस्थाका बीचमा पनि लुम्बिनी प्रदेश सरकार समृद्ध प्रदेशः खुसी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् । सामाजिक न्यायसहितको समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण