राष्ट्रिय डेरी महोत्सव गरिँदै
चितवन । चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालन गर्न लागिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।
विदेशमा डेरीका परिकारहरूको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रूपमा दुध र दुग्धजन्य वस्तुको बजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनका अनुसार दुधको बजार राम्रो नभएको र भुक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका सङ्घ–संस्थाहरूको सहभागिता रहने उनले जानकारी दिए ।
माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दुधको बजार प्रवर्द्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उनको भनाई छ । महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ । महोत्सव उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण