काठमाडौँसहित विभिन्न स्थानमा ५ जना मृत फेला
बुधबार, १६ माघ २०८१, १९ : २७
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-१३ थानेडाँडा सामुदायिक वनमा सोही नगरपालिका-२ माथिल्लो भङ्गाल बस्ने ४० वर्षीय पवन थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- बर्दिया, ठाकुरबाबा नगरपालिका-४ खैलारस्थित बबई नदीको बिच टापुमा सोही नगरपालिका-१ भुरीगाउँ बस्ने २५ वर्षीया सुस्मिता थारू मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- जाजरकोट, नलगाड नगरपालिका-८ हलचौर बस्ने ३१ वर्षीय अमर बहादुर खत्री सोही ठाउँस्थित कुनी खोला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- दोलखा, बिगु गाउँपालिका-४ मलदुङ्ग डबली बस्ने ६५ वर्षीय तारा बहादुर वली आफ्नै घर नजिक नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- इलाम, सूर्योदय नगरपालिका-७ सिस्ने बस्ने ३१ वर्षीय पुकार निरौला आफ्नै घर नजिक कुखुरा फर्ममा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण